उदण्ड पत्रकार कि, निरंकुश सरकार ?

गोकुल निरौला

पत्रकार परिपक्व नहुनु वा पत्रकारले पत्रकारिता गर्न नजान्नु कारण भने भन्न सकिने अवस्थामा छैन । नेपालमा त पत्रकारिताले खान लाउनसमेत धौ–धौ परेको हुन्छ । तर, पत्रकारिता गर्ने पत्रकारको संख्या भने उल्लेखनीय रूपमा बढ्दै गइरहेको देखिन्छ । नेपालमा आँैलामा गन्न मिल्ने बिग मिडिया हाउससँग आबद्ध पत्रकार बाहेकले महिनामा कोठाभाडासमेत पाउन मुस्किल परेको हुन्छ ।

केही दिनदेखि बजार अशान्त छ । अशान्ति, नाराजुलुस, भष्टाचारको समाचारले भरिएका पानाहरू लिएर अखवार बोक्ने गाडीहरू दौडिरहेका छन् । तर, समाचार लेख्ने पत्रकार नै असुरक्षित छन् । यति मात्र होइन गाउँ–गाउँमा निराशाका कुरा सँगै गरी खान नसकेको गुनासो सुनिन थालेको छ । भ्रष्टचार मौलाएको छ । जनताको जनतासँगै विश्वास गुम्दै गएको छ । राजनीतिक दलहरूले जनताको विश्वास गुमाउँदै गए । जनप्रतिनिधिहरू मानवीय समवेदनाभन्दा बहिर जाँदैछन् । यसको ज्वलन्त उदाहरण हालसालै भएको गाई र कुकुरको मृत्युलाई हेरे हुन्छ । केही दिन पहिले नेपालगन्जमा भएको गाई हत्या र खोटाङको दिक्तेल रूपाकोट मझुवागडी नगरपालिकामा भएको कुकुरको हत्यालाई लिएर सामाजिक सञ्जालले सरकारका जनप्रतिनिधिहरूको खोइरो खनेका छन् । मूलधारका मिडिया सोसल मिडियाभन्दा पछाडि छन् यसो भनौँ पत्रपत्रिका, टेलिभिजन, रेडियोले गर्नुपर्ने सकारात्मक काम पनि सोसल मिडियाले अथवा युट्युबे पत्रकारले नकारात्मक रूपमा प्रस्तुत गरिरहेका छन् । बजारमा आएका युट्युबहरू समाचार प्रस्तुत गर्ने डिजिटल टेलिभिजनको काम गरिरहेका छन् । युट्युबले विवादित कुरालाई हाईलाइट गरेर प्रस्तुत गरी आफ्ना भ्युवर बढाउँदै मूलधारमा मिडियामाथिको विश्वास गुमाउने जनतामाझ भ्रम फैलाउँदै गएका छन् । यसको रोकथाम हुन सकेको छैन । सरकार पत्रकार बन्न लाइसेन्स लिनुपर्ने विधेयक ल्याउने कुरामा गर्व गर्दै आफ्ना कमजोरी लुकाउने प्रयत्न गरिरहेको छ । जनता भने राजनीतिकर्मिहरूको परीक्षापछि पत्रकारको परीक्षा लागिरहेको छन् । धेरै पत्रकार बदनामसँगै प्रहरी प्रशासनले धरपकट पनि गरेको छ । कतिपय पत्रकार अदालतले सफइ दिएपछि आफ्नो दैनिक काममा फर्केका छन् । अब पत्रकार र पत्रकारिताको कुरा गर्दा समाज नै त्रसित हुने वतावरण पनि सिर्जना भएको छ ।

नेपाली शब्दसागर अनुसार समाचार सम्पादक, संवाददाता, समाचारपत्रमा विविध लेख रचना प्रकाशित गर्ने लेखक, समाचार आदि संकलन गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ । तर, केहीदिनदेखि यो परिभाषाले नेपाली पत्रकारिता बदनाम बन्दै गइरहेको छ । जताततै युट्युबे पत्रकारले भ्युवर बढाउनकै लागि भए पनि समाचारको धज्जी उडाउने काम गरिरहेका छन् । हुन त पत्रकारको काम वा व्यवसाय, पत्रकारको सीप र गुणको व्याख्या गर्ने विधालाई पत्रकारिता भनिन्छ । पत्रकार र पत्रकारितालाई हामी यस प्रकार प्रष्ट्याउन सक्छौँ ।

नेपालमा भारतभन्दा पछि पत्रकारिता भित्रिएको हो । केही वर्षयता नेपालमा पत्रकार र सञ्चारगृहको संख्या उल्लेखनिय मात्रामा बढेको छ ।
नेपाल पत्रकार महासंघको क्रियाशील सदस्यता समेत ६ हजारभन्दा बढी भइसकेको छ । नेपालमा छापाखानाको विकास पनि ढिलो गरी भएको हो । वि.सं. १९०८ मा जंगबहादुर राणा बेलायतबाट फर्कंदा फलामे हाते प्रेस ल्याइएको भनिन्छ । तर, जंगबहादुरले प्रेस ल्याए पनि पत्रकारिताको हकमा भने विकास गर्न सकिएको थिएन । पछि नेपाली मुद्रणकार्यमा पत्रकारिता भित्र्याउने र सुरु गर्ने प्रथम व्यक्ति मोतीराम भट्टलाई मान्ने गरेका छन् । यसलगत्तै नेपाली पत्रकारिताको सुरुवात र विकासक्रम भएको देखिन्छ । छापाखाना विकास नै ढिलो गरी भएको हाम्रो देशमा पत्रकारिताको लागि सहज वातावरण नरहेको इतिहासबाट प्रष्ट हुन्छ । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २००७ पछि सिद्धिचरण श्रेष्ठको आवाज दैनिक पत्रिका प्रकाशन भएको पाइन्छ । प्रजातन्त्र स्थापना भएपछि जागरण साप्ताहिक र २०१० सालमा अंग्रेजी दैनिक समाज दि कमरन प्रकाशन भएको पत्रकारिता इतिहासले देखाएको छ । प्रजातन्त्रपछिको सुरुवात गरेका पत्रपत्रिकादेखि गणतन्त्र प्राप्तिपछिका रेडियो एफएमहरू खुल्ने क्रम बढेको छ । देश संघीय संरचनामा गइसकेपछि भनौँ वा जनप्रतिनिधि निवार्चित भइसकेपछि गाउँ पालिका र वडा पालिकामा समेत गाउँपालिकाकै सहयोगमा एफएम खोल्ने काम तीव्ररूपमा भइरहेको छ । यसले पत्रकारितामा विकृति ल्याएको मान्न सकिन्छ ।

हुनत पत्रकारिता जोखिमसँगै गरिब पेसा हो । पत्रकारिता आफैँमा जोखिमपूर्ण पेसा हो । पारिवारिक रूपमा कलहसँगै आर्थिक संकटमा निम्त्याउने सामाजिक रूपमा सम्मान भए पनि आफँैमा संकट निम्त्याउने पेसा भनेको नै पत्रकारिता हो । समाचार लेखेर अहिलेको समयमा नेपालमा खान लाउन पुग्ने अवस्था छैन भने समाचार लेखेकै भरमा विश्वमा धेरै पत्रकारको ज्यान गएको छ । नेपालमा प्रजातन्त्र ल्याउनदेखि गणतन्त्र ल्याउन समम पत्रकारिताले महत्वपूर्ण जिममेवारी बोकेको थियो । प्रजातन्त्र ल्याउँदा गरिने पत्रकारिता र गणतन्त्र ल्याउँदा प्रयोग गरिएको पत्रकारिता मिल्दोजुल्दो मिसन पत्रकारिता भन्ने गरियो । कुनै सत्ता एक ढाल्नको लागि र व्यवस्था परिवर्तनको लागि गरिएको मिसन पत्रकारिता व्यावसायिक बन्न सकेन । पत्रकारिता व्यावसायिक र मर्यादित मन्न पनि सकेन । सरकारी मिडिया हरूमा राजनितिक भागबन्डाले गर्द नेपाली पत्रकारिताको स्तरसमेत खस्किँदै गयो । हुन त प्रजातन्त्र ल्याउँदा धेरै पत्रकार जेल परे पत्रपत्रिका बन्द गरीयो । तर पनि देशमा पत्रकारिता चलरिहेको थियो । २०५२ साल पछि माओवादीले सुरुगरेको द्वन्द्वपछि नेपालमा २३ जना पत्रकार बेपत्ता पारिए । धेरै पत्रकारको परिवार बिचल्लीमा परेको छ । तत्कालीन मओवादी सशस्त्र द्वन्द्व सुरु भएयता (२०५२ सालपछि) हत्या गरिएका र बेपत्ता पारिएका पत्रकार(सञ्चारकर्मीमध्ये धेरै पत्रकारको हत्याको घटनाबारे अझै अनुसन्धान हुन सकेको छैन ।

माओवादी द्वन्द्व सुरु गरेपछि विभिन्न बहानामा मुलुकभर झन्डै २३ जना सञ्चारकर्मीको हत्या र तीन जना बेपत्ता भएका तथ्यांकले जनाउँछ । संघीय लोकलान्त्रिक गणतन्त्रको बहुमतीय सरकार आएपछि पनि नेपालमा धेरै पत्रकारले मुद्दा खेपेका छन् । केही दिन पहिलेको कुरा गर्ने हो भने पनि एक दर्जनभन्दा बढी पत्रकारहरू माथि विभिन्न बहानामा प्रहरीले गिरप्तार गरी मुद्दा चलाएको छ । उदाहरण नै लिनेहो भने ‘खोजतलास’ प्रधानसम्पादक राजु बस्नेतलाई समाचार साभार गरी अनलाइनमा प्रकाशित गरेको आरोपमा हत्कडी लगाएर पक्राउ ग¥यो । नेपाल टेलिभिजनमा कार्यरत राजु थापालाई तत्कालीन सञ्चारमन्त्रीलाई दाइजोको विवरण देखाएर प्रश्न सोधेको आधारमा जागिरबाटै निकालेको थियो । पोखरा, काठमाडांै, विराटनगरमा कार्यरत पत्रकारलाई विभिन्न बहानामा मुद्दा लगाएको छ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक रूपैयाँ जरिवानासहित एक घण्टा जेल सजाएको अदालतले फैसला ग¥यो ।

आत्महत्या दुरुत्साहनको आरोप लागेका रवि लामिछानेको मुद्दा अहिले अनुसन्धानको दायरामै छ । केही दिन पहिले इटहरीका मेयरले पत्रकारलाई नाकको डाँडी भाँच्ने धम्की दिए । पोखरामा भ्रष्टाचारको विरोध गर्ने पत्रकार प्रहरीले गिरप्तार ग¥यो । पत्रकार पुडासैनीको मृत्युपछिको रवि लामेछोको गिरप्तारीले यो समाज अनि नेपालको पत्रकारिता विभाजित भयो । सरकार अथवा समाजले चार विरोधी पत्रिकार चार हजार सेनाभन्दा पनि डरलाग्दा हुन्छन्् भन्ने कुरा कहिल्यै मनन गरेन । जसको कारण समाजमा विकृति र विसंगतिका समाचार बाहिर आइरहेका छन् । सरकार पत्रकारितामाथि अंकुश लगाइरहेको छ । दार्शनिक नेपोलियन बोनापार्टले भनेका छन् पत्रकार आरोपी, समालोचक, सल्लाहकार, बादशाहका प्रतिनिधि र राष्ट्रका सेवक हुन् । तर, नेपालमा यस्को ठीक विपरीत भएको छ । पत्रकार परिपक्व नहुनु वा पत्रकारले पत्रकारिता गर्न नजान्नु कारण भने भन्न सकिने अवस्थामा छैन । नेपालमा त पत्रकारिताले खान लाउनसमेत धौ–धौ परेको हुन्छ । तर, पत्रकारिता गर्ने पत्रकारको संख्या भने उल्लेखनीय रूपमा बढ्दै गइरहेको देखिन्छ ।

नेपालमा औँलामा गन्न मिल्ने बिगमिडिया हाउससँग आबद्ध पत्रकार बाहेकले महिनामा कोठा भाडासमेत पाउन मुस्किलपरेको हुन्छ । तर, पनि पत्रकारिता समाजको चौथो अंगका रूपमा नेपाल सरकारले घोषणा गरिसकेको छ । हुन त पत्रकारिताको अभ्यास गर्ने व्यक्ति नै पत्रकार हो भने उसले गर्ने सामाजिक क्रियाकलापको एक हिस्सा नै पत्रकारिता हो । पत्रकारले आवाजविहीनहरूको प्रतिनिधित्व गर्छ । देशको समालोचक, शिक्षक, पथप्रदर्शक र सल्लाहकारको रूपमा कार्य गर्दछ । पत्रकारिता कला, कर्म र सेवा सबै हो । आजभोलि नेपाली समाजले देशको चौथो अंग अर्थात् पत्रकारलाई समेत भ्रष्ट देख्न थालेको छ । प्रहरी प्रशासनले सुराकि देख्न थालेको छ । नेताहरूले विपक्षी पार्टीको पत्रकार देख्न थालेको छ । यो नेपाली पत्रकारिताको तीतो यथार्थ हो ।

झन् अहिले आएर पत्रकारले नेपालमा चलिरहेको युट्युबसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । सरकारले च्याउ उम्रेझँै उम्रेका युट्युबे पत्रकारितालाई नियन्त्रणमा लिनु प्रमुख जिम्मेवारी रहेको छ । सामाजिक सञ्जालको भित्र्याएको विकृति नियन्त्रणमा लिने निहँुमा पत्रकारिता गरिरहेका पत्रकारमाथि बन्देज लगाउनु सरकारको कमजोरी नै हो । पत्रकारिताको मर्यादा पालन गरिरहेका पत्रकारहरूले युट्युबे पत्रकारको कामले गर्दा बदनाम हुनुपरेको र समाजमा पत्रकारितामाथिको विश्वास घट्दै गएको छ । युट्युबे पत्रकारले पत्रकारितालाई मात्र होइन प्रहरी प्रशासनलाई समेत अप्ठेरोमा पारेको छ । प्रेस स्वतन्त्रताका नाममा गरिएको युट्युबे पत्रकारितालाई सरकारले निगरानीमा राखी प्रेस स्तन्त्रतामाथि हस्तक्षेप नगर्नु नै बुद्धिमानी होला कि ?

प्रतिक्रिया