टेक्ससमा बन्दुकधारीले जभाभावी गोली चलाउँदा ५ को मृत्यु

एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा एक जना बन्दुकधारीले जभाभावी गोली चलाउँदा ५ जना मारिएका छन् । कयौँ घाइते भएका छन् । बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गर्दा ५ जना मारिएको बीबीसीले जनाएको छ । टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा घटना भएका हो ।

प्रहरी अधिकारीका अनुसार सोही घटनामा एक जना संदिग्ध गोरा पुरुषलाई प्रहरीले गोली हानेर मारिदिएको छ । प्रहरीका अनुसार सबभन्दा पहिले संदिग्ध पुरुषले गाडी रोकेर ट्राफिक प्रहरीलाई गोली हानेका थिए।

अन्दाजी ३० वर्षीय बन्दुकधारीले त्यसपछि हुलाक सेवाको ट्रक नियन्त्रण लिएपछि त्यहाँका आवतजावत गर्नेमाथि गोली प्रहार गरेका थिए । सोही घटनाका घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया