यसकारण आउछ अनुहारमा चाँया–पोतो

हरेक ब्यक्ति आफ्नो सुन्दरता प्रति चनाखो रहने गर्दछ । शारीरिक सुन्दरतासँगै उसको ब्यक्तित्व समेत झल्किने गर्दछ । तर मानिसको शरीर तथा अनुहारमा आउने बिभिन्न रोग तथा समस्याका कारण उसको सुन्दरतासँगै ब्यक्तित्व समेत खस्किने गर्दछ ।

त्यस्तै समस्या मध्ये एक हो, अनुहारमा चाँया–पोतो आउने रोग । यदि अनुहारमा चाँया पोतो आएको छ भने त्यसको समाधान तर्फ लाग्नुस् । तनाव नलिनुस्, तनावले चाँया पोतो झन् बढ्ने गर्दछ ।

किन आउँछ चाँयापोतो ?
चाँयापातो विशेषगरी अनुहारमा आउने गर्दछ । अनुहारमा आउने चाँयापोतो विशेषगरी नाक, गाला, निधारमा आउने गर्दछ । चाँयापोतोले अनुहार नै कुरुप हुने गर्दछ ।

छालामा मेलानोसाइट्स नामक कोषिका हुन्छन् जसले अनुहारमा कालो रंग बनाउने गर्दछन् । यी कोषिकाहरु सक्रिय हुदाँ अनुहारमा आउने परिवर्तनले नै चाँयापातो आउने गर्दछ । मेलानोसाइट्सको सक्रियता शरीरको अन्य भागमा भन्दा अनुहारमा धेरै हुने भएकाले अनुहारमा चाँयापोतो आउने गर्दछ ।

समाधान
अनुहारमा आउने चाँयापोतो निदानका लागि वर्षदिनसम्म सन ब्लक क्रिम प्रयोग गर्दा चाँयापोतो हटेर जान्छ । यसले घामबाट अनुहार डढ्न बचाउँछ । यदि सन्स क्रिमले पनि अनुहारको चाँयापोतो नगएमा यसको उपचार गर्नुपर्छ ।

प्रतिक्रिया