एनआरएनए युकेको महिला सचिवमा लीलाको उम्मेरदवारी

काठमाडौं । कवि तथा समाजसेवी लीला सेलिङ माबोले गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महिला सचिवमा उम्मेरदवारी दिएकी छन । एनआरएनए युकेको आउँदो १४ सेप्टेम्बरमा निर्वाचन हुदैछ ।

एनआरएनए युकेको केन्द्रिय समितिमा तीन जना सचिवको व्यवस्था रहेको छ । जसमध्ये एक महिला रहनेछन् । त्यहि महिला कोटामा उनले उम्मेरदवारी दिएकी हुन ।

साहित्य लेखन समाजसेवा र एकेडेमीक काममा व्यस्त लीला सेलिङ माबो लामो समयदेखि बेलायतको विभिन्न सामाजिक संस्थाहरुमा क्रियाशिल छन् ।

उनले किरात याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासंघ बेलायतका विभिन्न तह र गैरआवासीय नेपाली संघ च्यारिटी विभाग र महिला सहसंयोजकका रुपमा सफल भूमिका निर्वाह गरिसकेकी छिन् ।

बेलायतको स्थानीय निर्वाचन काउन्सिलर पदका लागि समेत दुई पटक उम्मेदवरी दिइसकेका सेलिङले गैरआवासीय नेपाली संघमा महिला, आदिवासी र अल्पसंख्यकहरुको पँहुच वृद्धि गर्न उम्मेरदवारी दिएको बताइन । साथै गोरखा समुदाय र एनआरएन बीच केहि सैद्धान्तिक मतभिन्नताहरु रहेकाले आफु निर्वाचन भए सबै भन्दा पहिला त्यसको समाधानका लागि पहल गरि एक पटकको नेपाली संधैको नेपाली नारालाई सार्थक बनाउने बताइन ।

व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर नेपाली समुदायको हितलाई सर्वोपरी ठानी आफुले उम्मेरदवारी दिएकाले युके बासी सबै एनआरएन अभियन्ताले आफुलाई मतदान गरि विजयी गराउँने विश्वास समेत व्यक्त गरिन ।

गैरआवासिय नेपाली समुदायका महत्वपूर्ण संस्था एनआरएनए युकेको १४ सेप्टेम्बरमा हुने निर्वाचनमा केन्द्रीय कार्यसमितिका २७, आइसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० र १० गरी कुल ७४ पदका लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् ।
बेलायतमा रहेका १३ हजार ८सय ९० मतदाताले यस निर्वाचनमा भाग लिने छन् ।

को हुन लीला ?
लेखक, समाजसेवी तथा डेन्टिष्ट लीला सेलिङ माबोको जन्म पाँचथर ओयाम हालको याङवरक गाउँपालिकामा भएको हो । बुवा गुप्तेश्वर उच्च माविका पूर्व प्रअ तथा विव्यस अध्यक्ष भीमकुमार सेलिङ र आमा राममाया सेलिङका पहिलो सन्तानको रुपमा जन्म भएको माबो सानैदेखि समाज सेवामा सक्रिय थिए ।

गुप्तेश्वर माविबाट उनको कखरा सुरु भएको थियो । त्यहि विद्यालयबाट प्रवेशिका समेत उर्तिण गरिन । महेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह र पाँचथर बहुमखी क्याम्पसबाट स्नातकसम्म अध्ययन गरिन ।

शिक्षा आयोग पास गरि आफ्नै बुवाले स्थापना गरेको वारेबुङ प्राथमिक विद्यालयमा प्रअको भूमिका निर्वाह गरिन । त्यसपछि धर्मभक्त प्राविमा पनि प्रअको जिम्मेवारी निर्वाह गरिन ।

शिक्षिकाकै रुपमा पनि उनले थुप्रै अधिकार प्राप्तिको आन्दोलनमा समेत सहभागी भइन । महिला कर्मचारीलाई सुत्केरी विदा लगायतका आन्दोलनमा हुँदा उनी सक्रिय सहभागी भइन ।

थर्पू निवासी व्रिटिस आर्मी श्रीप्रसाद माबोसंग विवाह भएपछि उनी लण्डन पुगिन । उनको दुई छोरी एक छोरा रहेका छन् । बेलायतमा उनी एउटी गृहणीको रुपमा मात्र सिमित रहिनन् । उनले अध्ययनलाई निरन्तरता दिइन ।

सामाजिक राजनीतिक गतिविमा सक्रियता बढाउँदै लगिन । साहित्य लेखनलाई पनि अघि बढाइन । उनको आधा दर्जन गीत रेर्कड भएका छन् । लाहुरेनी पीडा नामक कविता संग्रह प्रकाशित छ भने थूपै्र देशमा उनी सम्मानित समेत भएकी छिन ।

क्वीन मेरी कलेजबाट एलेभल, फर्नबोर्ट कलेज अफ टेक्नोलोजीबाट डेन्टल नर्सिङ र यनिर्भसीटि अफ स्यूरीबाट विएस्सी ९हान्स० डिग्री इन क्रिमिनोलोजी एण्ड साइकोलोजी अध्ययन पुरा गरेकी छिन् ।

सेलिङले बेलायतमा रहेर समाज सेवामा निक्कै लामो समय खर्च गरिसकेकी छिन् । किरात याक्थुङ चुम्लुङ गप को द्दण्ण्द्ध ९द्दण्ज्ञठ साहित्य विभाग सस्कृती बिभाग हुँदै किन्दृय उपाध्क्ष्य, रश्मोर चुम्लुङ शाखा सस्थापक अध्यक्ष, चुम्लुङ महिला समिती गप सस्थापक अध्यक्ष संरक्षक सदस्य पाचथर समाज सेवा गप सथापक संस्कृती सचिव, उपाध्यक्ष सल्लाहकार, ग्रेटर रोश्मर नेपाली कम्युनिटी वुमन फारम कोर्डिनेटर, च्यारीटी विभाग, महिला सहसंयोजकका जिम्मेवारी सफलता पूर्वक निर्वाह गरेसकेकी छन् ।

व्यक्तिगत स्वार्थ भन्दा सामाजिक हित र नेपाली समुदायको उन्नतीलाई सर्वोपरी ठान्ने माबो नेपाली समुदाका उन्नतीका लागि संधै लागि परेकी छिन् ।

प्रतिक्रिया