निम्स र स्वर्णिमको जित

काठमाडौं । निम्स र स्वर्णिमले सातौँ उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार जित हात पारेका छन् । निम्सले रुपिजलाई १९–१५ ले पराजित ग¥यो । निम्सकी टिना लिम्बूले ८ अंक योगदान गरिन् । टीसा महर्जनको ८ अंक सहयोगमा स्वर्णिमले मोक्क्षदालाई १८–१० ले हरायो । सिनियर गल्र्समै ज्योति एकेडेमीले आयोजक रेडिअन्टलाई १८–१५, इनोभेटिभले द चाँदबागलाई २९–१९, सिद्धार्थ बनस्थलीले नेक्सस्लाई १९–१० र एलआरआईले रातो बंगलालाई २०–११ ले पाखा लगाए ।

ज्योतिकी समीक्षा अधिकारीले ८, इनोभेटिभकी सभ्यता महर्जनले ११, सिद्धार्थ बनस्थलीकी यशुश्री गुप्ताले ११ र एलआरआईकी सोनिया राणाले ८ स्कोर गरे । सिनियर ब्वाइजमा निम्सले रुपिजलाई ३४–२८, ओसिसले होली भिजनलाई ४९–३५ र नेपालयले रातो बंगलालाई २८–२४ ले पन्छाए ।  निम्सका मिहाङले ८, ओसिसका छेडुक लामाले २४ र नेपालयका देव आले मगरले २५ अंक जोडे । जुनियर ब्वाइजमा स्वर्णिमले मोक्क्षदामाथि १८–१० को जित निकाल्यो । स्वर्णिमका दीपेश शाक्यले १३ अंक जोडे ।

प्रतिक्रिया