कुमारी बैंकको पदयात्रा कार्यक्रम

काठमाडौं । कुमारी बैंक लिमिटेडले भ्रमण बर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसार गर्ने अभिप्रायका साथ करिब १९ किमिको ‘वार्मअप–वाक्थन’ कार्यक्रमको आयोजक गरेको छ । ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कुमारी बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्रा कार्यक्रमबाट संकलित रकम भूकम्पले क्षतबिक्षत भएको भीमसेन मन्दिर पुनर्निर्माण कार्यमा लगाईने बैंकले जनाएको छ ।

प्रतिक्रिया