पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’

काठमाडौं । पशुपति पेन्ट्सले आफ्ना उपभोक्तामाझ कम्पनीको लोकप्रिय योजना ‘महापर्वको रङ्गोत्सव’ फेरि ल्याएको छ । सदाझैं यस वर्ष पनि कम्पनीले चाडपर्वको समयलाई लक्षित गरी यस योजना ल्याएको हो । यस वर्षको योजना अन्तर्गत उपभोक्ताहरुले ५० हजार बराबरको पेन्ट्स खरिद गरी लक्की ड्र कुपन मार्फत सुन र चाँदीको उपहार जित्न सक्नेछन ।

कम्पनीका अनुसार योजनाको अन्तमा लक्की ड्र मार्फत ४ जनाले तेश्रो पुरस्कारको रुपमा जित्नेछन् २०० ग्राम चाँदी, ४ जनाले दोश्रो पुरस्कारको रुपमा ५ ग्राम सुन जित्नेछन, भने ४ जनाले पहिलो पुरस्कारको रुपमा १० ग्राम सुन जित्नेछन । एकजना भाग्यशाली विजेताले भने बम्पर उपहारमा २० ग्राम सुन जित्नेछन । त्यसैगरी १ं लाख बराबरको पेन्ट्स खरिद गर्दा उपभोक्ताले एउटा आकर्षक भित्ते घडी तुरुन्तै पाउनेछन् ।

प्रतिक्रिया