सानिमाले ल्यायो वार्षिक धनफिर्ता योजना

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटडले सानिमा वार्षिक धनफिर्ता (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना शुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सकिन्छ । यस योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । न्युनतम बीमाड्ढ एक लाख रुपैयाँ र अधिकतम बीमाड्ढ आयश्रोतको आधारमा निर्धारणा हुने कम्पनीले जनाएको छ ।

१५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ६ प्रतिशतका दरले भूक्तानी गरिन कम्पनीले जनाएको छ । त्यसैगरी २० वर्ष अवधिको लागि जीवनबीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ५ प्रतिशतका दरले प्रदान गरिनेछ ।

प्रतिक्रिया