केएनपिले ल्यायो रङ्गमा दङ्ग

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रङ्गमा दङ्ग’ योजना नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन र एक्सल टोटलको प्रत्येक ६० हजार भ्याट सहित० को खरिदमा एउटा कुपन प्राप्त गर्न सक्नेछन । यस योजनामा ग्राहकहरुले लक्की ड्र मार्फत बम्परमा १० तोला सुन, १० भाग्यसाली ग्राहकले स्मार्ट फोन र ३ भाग्यसाली ग्राहकले एलईडि टि।भि जित्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ । यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत हाते घडी जित्न सक्नेछन ।

सन २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार–प्रसार गर्दै आएको छ । नेपाली पेन्टका ग्राहकहरुका लागि केएनपिले लगातार दोस्रो पटक रङ्गमा दङ्ग जस्तो आकर्षक अफर ल्याएको छ ।

प्रतिक्रिया