नेकमा इन्जिनियरिंग रिसर्च प्रोजेक्ट कार्यशाला

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) चाँंगुनारायण भक्तपुर अन्तर्गत गठित सेन्टर फर एप्लाईड रिसर्च एण्ड रुलर डेभलपमेन्ट (सीएआरआरडी) को आयोजनामा इन्जिनियरिंग रिसर्च प्रोजेक्ट कार्यशाला सम्पन्न भएको छ । इनोभेसन दी फयुचर नाराका साथ कार्यशाला भएको हो ।  कर्यक्रममा विद्यार्थीले कन्सेप्ट पेपर, प्रोपोजल एण्ड रिपोर्ट राइटिंग, विजनेश मोडेल, प्रोटोटाइप, पोष्टर प्रिजेन्टेशन, आदिबारे प्रस्तुति गरेका थिए । समाजमा आइपर्ने समस्याहरुलाई इन्जिनियरिंग क्षेत्रबाट हल गर्ने उद्देश्यका साथ कार्यशाला गोष्ठी भएको हो । असार महिनाको ११ गतेबाट सुरु भएको कार्यशाला हालै सम्पन्न भएको हो ।

कार्यशालामा ग्राउण्ड वाटर एफटर रिचार्जलगायतका विभिन्न रिसर्च प्रोजेक्ट प्रस्तुत गरिएका थिए । विद्यार्थीले प्रस्तुत गरेका पेपरहरुको निर्णायकहरुमा कलेजका प्रा सावित्री त्रिपाठी, इडु सञ्जालका चिफ राजन कोइराला, सफटोनिक्सका फाउण्डर दिनेश श्रेष्ठ, डा कृष्णराम एन्डो, सिए हरिकुमार सिलवाललगायतका रहनुभएको थियो ।

कार्यशालाका लागि जब डाइनामिक्सका निर्देशक प्रयास राजोपाध्याय, फ्रि म्यान इन्जिनियरिंग कन्सटक्सन कम्पनीका फाउण्डर सपोज घिमिरे, कलेजका एस्टिटेन्ट प्रोफेसर दिपेश प्रकाश गुरागाई, सलुशन व्रिज इन्टिच्युटका फाउण्डर सागर खनाललगायतले सहयोग गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा चाँंगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, कलेजका उपप्राचार्य दीपक धामी, कलेजकै एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसीलगायतका रहेका थिए ।

प्रतिक्रिया