रबि लामिछानेको रिहाइको माग गर्दै चितवनमा प्रदर्शन

काठमाडौँ । माउन्टेन टेलिभिजन मिशन न्युजका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका न्युज २४ टेलिभिजन सिधा कुरा जनतासँगका चर्चित पत्रकार रबि लामिछानेलाई रिहाइको माग गर्दै धेरैको संख्यामा उत्रिएर शुभचिन्तकहरुले चितवनमा बिरोध प्रदर्शन गरेका छन् ।

पत्रकार पुडासैनी गत साउन २१ गते चितवनको कङ्गारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नु अघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए ।

सोही बिषयमा बिहिबार पत्रकार लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले अनुसन्धानको लागि काठमाडाैँबाट पक्राउ गरेको थियो ।

हिजो राती चितवन प्रहरी जिल्ला कार्यलय पुर्याएपछि आज उनीहरुलाई जिल्ला प्रहरी कार्यलयबाट जिल्ला अदालतमा म्याद थपको लागि लैजाने तयारी गरेको अवस्थामा रविको रिहाई माग गर्दै प्रदशन गरिरहेका छन् । लामिछानेको रिहाई माग गर्दै ‘रबि कसको जनताको’ रविलाई रिहा गर’, भन्दै आक्रोशित भिडले बिरोध गरेका छन् ।

प्रतिक्रिया