लुम्बिनी जनरलले हकप्रद शेयर जारी गर्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण पारित गरेको छ । सो अवसरमा कम्पनीका अध्यक्ष मनोहर दास मूलले बिगतका वर्षहरुमा नियमित लाभांश प्रदान गर्दै आएको, बीमा समितिको निर्देशन अनुसार १ अर्ब चुक्ता पूंजी पु¥याउने बताए ।

उनले कम्पनीलाई १२ करोड आवश्यक पर्नेमा साविककै ढांचामा वित्तीय विवरण तयार गर्दा करिब १४ करोड ८० लाख बोनस बितरण गर्न सकिने अबस्था रहेपनि यसपटक नयां ढांचा अनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको जानकारी गराए ।

बीमा समितिको निर्देशन अनुसार १ अर्ब चुक्ता पूंजी पु¥याउनको लागि २०७६ बैशाख २५ को बिशेष साधारण सभाको निर्णय अनुसार २० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको अध्यक्षले जानकारी गराए । संस्थापक तर्फको हकप्रद शेयरको रकम सबै संस्थापकहरुबाट अग्रिम रुपमा प्राप्त भई सकेको जानकारी पनि गराए । उनले आव २०७४÷७५ मा अघिल्लो बर्षको तुलनामा १२% ले बृद्धि भई करिब १ अरब २६ करोड बीमाशुल्क आर्जन भएको र आब २०७५÷७६ मा १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी गराए ।

प्रतिक्रिया