फाप्लु विमानस्थलमा ‘वाई १२ ई’ जहाजको उडान परीक्षण

नेपाल वायुसेवा निगमको वाई १२ ई जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा मंगलबार परीक्षण उडान भर्दै । तस्बीरः भोजराज कार्की रासस

सोलुखुम्बु । नेपाल वायुसेवा निगमको ‘वाई १२ ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा उडान परीक्षण भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो । चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका क्याप्टेन दीपुराज ज्वारचनले जानाकारी दिए ।

विसं २०७१ मा नेपाल सरकारले चीन सरकारको सहयोगमा चार ‘वाई १२ ई’ जहाज भित्र्याएको थियो । उक्त विमानले करीब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उनको भनाइ छ । हाल उक्त जहाजले सुदूरपश्चिमका जिल्लामा उडान भर्दै आएको निगमले जनाएको छ । सो विमान छोटो धावन मार्ग भएका विमान स्थलका लागि उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।

प्रतिक्रिया