दूधमा मह राखेर पिउँदा फाइदै फाइदा

दूध र महको मिश्रण अत्यन्तै स्वस्थकर हुन्छ । भारतको नेसनल इन्स्टिच्युट अफ आयुर्वेदका प्राध्यापक सीआर यादवका अनुसार, दूध र मह आफूआफूमै स्वस्थकर कुरा भएपनि यी दुईको मिश्रणले झनै बढी फाइदा गराउँछ । राति सुत्नुअघि मनतातो दूधमा मह हालेर पिउँदा राम्रो निद्रा लाग्छ अनि शरीरमा पोषक तत्त्व पनि मजाले सोसिन्छ ।

यसका अन्य फाइदा यस्ता छन्

मनतातो दूध र महले फोक्सो र श्वासनलीलाई स्वस्थ राख्छ । रुघाखोकी र सासको समस्याबाट यसले बचाउँछ ।

मनतातो दूध र महमा ट्रिप्टोफ्यान नामक तत्त्व हुन्छ जसले शरीरलाई आराम दिलाएर राम्रो निद्रा ल्याउँछ ।

यसमा प्रोटीन र कार्बोहाइड्रेट्सको राम्रो सम्मिश्रण हुन्छ जसले तागत र स्टेमिना बढाउँछ ।

यो मिश्रणमा एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल तत्त्वहरू पाइन्छन् । दिनदिनै पिउँदा बुढ्यौली ढिलो आउँछ ।

यो मिश्रणले शरीरबाट विषाक्त पदार्थ निकालेर रगतलाई शुद्ध बनाउँछ । रोगबाट बचाएर छाला चम्किलो बनाउँछ ।

यो मिश्रणले पाचनप्रणालीलाई सफा बनाउँछ । ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्याबाट राहत दिन्छ ।

दूध र महमा भएको क्याल्सियम, आइरन, प्रोटीन र भिटामिन जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ ।

यो मिश्रणमा भएको पोषक तत्त्वले स्ट्रेस र टेन्सनलाई हटाएर मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ । यसबाट दिमाग स्वस्थ रहन्छ । –एजेन्सी

प्रतिक्रिया