लाग्न थाल्यो ‘तिजको रमझम’ (भिडियोसहित)

काठमाडौँ । हिन्दु नारीहरुलाई यतिबेला तिजको रमझम लाग्न थालेको छ । तिज नजिकिएसँगै उनीहरुलाई मनोरञ्जन तथा रमझम लागेको हो । यस्तै रमाइलोका साथै ‘रमझम’ नामकरण गरिएर तिज गीत पनि बजारमा आएको छ ।

रमेश परियारको शब्द तथा तुला बिसिको संगीत रहेको उक्त गीत सार्वजनिक गरिएको छ । जुन गीत रेजिना परियार र जगत घर्ती मगरको आवाजमा रहेको छ ।

त्यस्तै गीतको भिडियोतर्फ अर्जुन थापा मगरले निर्देशन गरेका छन् भने मरुभुमी नारायणको छायांकन तथा रोशन धितालले सम्पादन गरेका हुन् ।

सोही भिडियोमा बिद्यानन्द चौधरी, पार्वती सुवेदी, प्रितम थापा मगर र सिम्रन केसी लगायतका कलाकारहरुको अभिनय छ । गायिका चिनु घर्ती मगरको युट्युबबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया