रसुवाकाे बाढीमा बेपत्ता हुने १८ जनामध्ये, बर्दियाकामात्रै ५ जना (नामसहित)

काठमाडौँ । रसुवामा मंगलबार बिहान ल्हेन्दे खोलाको बाढीमा परी बेपत्ताहरूको पहिचान सार्वजनिक गरेको छ । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले दिएको सूचनाअनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ जना नेपाली र ६ जना चाइनिज गरी १५ जना सम्पर्कविहीन छन् । यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बेपत्ता छन् ।

सम्पर्कविहीन ३ प्रहरीमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इप्रका टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोसी गाउँपालिका ४ बस्ने वर्ष ४२ को प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इप्रका टिमुरे रसुवामा कार्यरत बारा फेटा गाउँपालिका १ का वर्ष २४ को प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इप्रका टिमुरेमा कार्यरत जिल्ला बझाङ स्थायी ठेगाना भएका प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।

यस्तै चिनियाँ नागरिकमा यु युए, लि हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई, जोउ योङ बाढीमा बेपत्ता छन् ।

यस्तै बेपत्ता नेपालीमा जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी, त्यही ठेगानाका वर्ष ३५ का सन्तोष दइत सोही ठेगानाका वर्ष २५ का बुद्धिराम राम थारु वर्ष २४ का लक्ष्मीनारायण थारु वर्ष ३० का सुरेश थारु छन् ।

यस्तै बागलुङका वर्ष नखुलेका नरेन्द्र विक ७ सिन्धुपाल्चोक घर भएका कन्टेनर डिब्बा चालक वर्ष नखुलेका फुर्वा लामा, वतन नखुलेको मिक्चर चालक वर्ष पनि नखुलेका गोविन्द मोक्तान वतन नखुलेका हाइलक्स चालक वर्ष पनि नखुलेका लोकमान तामाङ छन् ।

यसैबीच रसुवा उत्तरगया गापा ०५ उत्तरगयाधामको खोला किनारमा पुरुष व्यक्तिको दाहिने खुट्टासहित गुप्ताङ्ग फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया