सरकारले बाँड्यो साढे १६ करोड

काठमाडौं । सरकारले पछिल्लो वर्ष विभिन्न शीर्षकमा करिब साढे १६ करोड रुपैयाँ वितरण गरेको छ । आर्थिक वर्ष ०७५-७६ मा विभिन्न व्यक्तिको उपचार खर्च, आर्थिक सहायता र क्षतिपूर्तिको लागि १६ करोड ४४ लाख ६९ हजार रुपैयाँ वितरण गरेको हो ।

मन्त्रिपरिषद् बैठकमा आर्थिक सहायता, उपचार खर्च र क्षतिपूर्ति शीर्षकमा रकम बाँड्न पाउने अधिकार रहेको छ । केही रकम पाउनैपर्ने व्यक्ति र संस्थाले पाए पनि धेरैजसो रकम भने पार्टीका कार्यकर्ता र संस्थाको नाममा वितरण भएको छ । सरकारले दिएको रकम पाउनेमा पार्टीका कार्यकर्ता, संस्थादेखि पूर्वमन्त्री र पूर्वसांसद समेत रहेका छन् । वितरण गरिएको रकमको २५ प्रतिशत उपचार गर्न निकासा गरिएको छ ।

उपचारको नाममा एकै व्यक्तिका लागि ९० हजारदेखि अधिकतम ३६ लाख रुपैयाँसम्म बाँडिएको छ । त्यस्तै विभिन्न आन्दोलनका घाइतेलाई पनि उपचारको नाममा खर्च बाँडिएको छ । सरकारी कर्मचारी र विशिष्ठ व्यक्तिलाई पनि सरकारले उपचार खर्चका नाममा पैसा बाँडेको छ । बिमा गरेर भविष्यमा हुने जोखिम बहन गर्न सर्वसाधरणलाई आग्रह गर्दै आए पनि माथिल्लो तहमा काम गर्नेहरूले उपचारका लागि राज्यकोषको दोहन गरेको देखिएको छ । बहालवाला मन्त्रीहरूले समेत उपचार खर्चका नाममा एक लाख रुपैयाँ पनि लिएको भेटिएको छ ।

केही रकम पाउनैपर्ने व्यक्ति र संस्थाले पाए पनि धेरैजसो रकम भने पार्टीका कार्यकर्ता र संस्थाको नाममा वितरण भएको छ । सरकारले दिएको रकम पाउनेमा पार्टीका कार्यकर्ता, संस्थादेखि पूर्वमन्त्री र पूर्वसांसद समेत रहेका छन् । वितरण गरिएको रकमको २५ प्रतिशत उपचार गर्न निकासा गरिएको छ

सरकारले गोरखा फुजेलकी गंगामाया अधिकारीलाई २० लाख, राष्ट्रकवि माधव घिमिरेलाई उपचार गराउन १४ लाख ९८ हजार रुपैयाँ दिएको थियो । पूर्वमन्त्री रामकृष्ण ताम्राकारलाई १५ लाख, कांग्रेस नेता नरहरि आचार्यलाई ३३ लाख ६१ हजार, निर्मला पन्तका हत्यारलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा मारिएका सन्नी खुन्ना र निर्मला पन्तका परिवारलाई १०÷१० लाख र घाइतेका परिवारलाई गरी २८ लाख, काठमाडौं स्कुल अफ ल को आयोजनामा भएको नेपालको संविधान नामक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको लागि ३० लाख र हेटौंडाका चन्द्र शर्मालाई १० लाख रुपैयाँ दिएको छ ।

यस्तै बलात्कारपछि हत्या गरिएकी पोखराकी श्रेया बिकका परिवारलाई पाँच लाख, रौतहतमा एसिड प्रहारबाट ज्यान गुमाएकी सम्झना दास र घाइते सुश्मिता दासका परिवारलाई पाँच लाख, बर्दियामा प्रहरी नियन्त्रणपछि ज्यान गुमाएका मनोहर यादवलाई मन्त्रिपरिषद् निर्णयले १० लाख रुपैयाँ वितरण गरेको छ । सर्लाहीमा भएको घटनामा ज्यान गुमाएका रामविलास महतोको परिवारलाई १० लाख, पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई भारतमा उपचार गराउँदा दुई लाख रुपैयाँ सरकारले दिएको छ ।

पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई १० लाख रुपैयाँ, गोरखाका प्रहरी जवान स्वर्गीय अर्जुन जमरका परिवारलाई १० लाख रुपैयाँ दिइएको छ । गत वैशाखमा कांग्रेसका नेता एंव पूर्वमन्त्री केशव बुढाथोकीलाई उपचार खर्च १० लाख, चक्रपाणि नेपाल, कविता श्रेष्ठ, नरहरी गैरे र गिरिराज शर्मालाई गरी २४ लाख रुपैयाँ, आमाको घर नेपाल संस्था कालिमाटीलाई ५० लाख, सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई एक करोड र मानव सेवा आश्रम काठमाडांैलाई एक करोड रुपैयाँ सहायता सरकारले दिएको छ ।

यस्तै राष्ट्रियसभाका पूर्व सदस्य भिक्षु अश्वघोष महास्थविरलाई उपचार खर्च १० लाख ८० हजार, सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई भारतमा उपचार गराउँदा ३६ लाख ३६ हजार र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवलाई उपचारको लागि एक लाख १३ हजार रुपैयाँ पनि वैशाखमै निकासा भएको छ । रामेछापकी विमला विश्वकर्मालाई ५ लाख, स्याङ्जाकी पवित्रा भण्डारीलाई ५ लाख, बसुन्धाराका रोहन गुरुङलाई ३० लाख, बिर्तामोडका ध्रुवकुमार शिवाकोटीलाई ३० लाख, मोरङका गोविन्द कुमार गौतमलाई ५ लाख, अछामका हिमाल विकलाई आठ लाख र बाँकेका कमलसिंह क्षेत्रीलाई एक लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ ।

मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयअनुसार सर्लाहीका ध्रुव प्रसाद गौतमलाई सात लाख, मोरङका उमेश गिरीलाई सात लाख, अर्घाखाँचीका डिल्लीराज घिमिरेलाई सात लाख, इलामका देउप्रसाद राईलाई तीन लाख, संखुवासभाका कमलसिंह मादेनलाई तीन लाख, र उदयपुरकी शान्ता खत्रीलाई पाँच लाख गरी ३२ लाख रुपैयाँ दिइएको छ । यस्तै जिल्ला निर्वाचन कार्यालय महोत्तरीका पिंकी रायका परिवारलाई पाँच लाख रुपैयाँ दिइएको छ । यस्तै प्युठानका शिशिर खड्कालाई पाँच लाख उपचार खर्च दिइएको छ ।

असार १२ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ललितपुरका मिठाराम शर्मासहित १६ जनालाई ५० लाख रुपैयाँ दिइएको छ । भक्तपुरका उमा पाण्डेलाई दुई लाख र झापाका मनोहर मिश्रलाई दुई लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । आन्दोलनका क्रममा मारिएका सरोजनारायण सिंह र समिर घिसिङको परिवारलाई १५ लाख रुपैयाँ प्रदान गरिएको छ । जनआन्दोलनका ज्युँदा सहिद मुकेश कायस्थको उपचारको लागि चार लाख ६९ हजार रुपैयाँ दिइएको छ ।

प्रतिक्रिया