बेसबलमा नेपाल जितविहीन

काठमाडौं । नेपालको पुरुष बेसबल टिम श्रीलंकामा जारी १४ औँ बीएफए वेस्ट एसिया कप बेसबलमा जितविहीन बनेको छ । कोलम्बोमा शुक्रबार पाँचौँ स्थानका लागि भएको खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल जितविहीन घर फर्किएको हो । प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको नेपाल बंगलादेशसँग ११–२ ले पराजित भयो ।

यसअघि नेपाल भारतसँग ८–० र साविकको विजेता श्रीलंकासँग १३–० ले पराजित भएको थियो । नेपाल प्रतियोगितामा छैटौँ स्थानमा रह्यो ।
नेपाल सन् २०१७ मा पाकिस्तानमा भएको प्रतियोगितामा भने सेमिफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया