सेनेगल र अल्जेरियाको उपाधि भिडन्त

एजेन्सी, इजिप्ट । अल्जेरियाले नाइजेरियामाथि नाटकीय जित निकाल्दै अफ्रिका कप नेसन्सको उपाधिका लागि सेनेगलसँगको भेट पक्का गरेको छ । आइतबार कायरोमा भएका सेमिफाइनलमा अल्जेरियाले नाइजेरियामाथि २–१ र सेनेगलले ट्युनिसियामाथि १–० को जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

कायरो अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा अल्जेरियाले पहिलो हाफमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । विलियम ट्रोस्ट एकोङले आत्मघाती गोल गरेपछि अल्जेरियाले अग्रता लिने अवसर पायो । तर, दोस्रो हाफमा नाइजेरिया पेनाल्टी अवसर सदुपयोग गर्दै खेल फर्कियो । ७२औं भारबाट पाएको पेनाल्टी अवसरलाई ओडिवन इगालोले गोल गर्दै नाइजेरियालाई बराबरीमा पु¥याए ।

तर, इन्जुरी समयमा माहरेजको उत्कृष्ट गोलबाट अल्जेरियाले खेल आफ्नो पक्षमा पा¥यो । २० यार्ड टाढाबाट माहरेजको प्रहार गोलमा परिणत भएपछि अल्जेरिया सन् १९९० मा जितेको एक मात्र उपाधि पछि पहिलो पटक फाइनलमा पुग्यो । अल्जेरियाले उपाधिका लागि १९ जुलाईमा साडियो मानेको टोली सेनेगलविरुद्ध चुनौती प्रस्तुत गर्नेछ ।

समूह चरणमा भने अल्जेरियाले सेनेगलमाथि १–० को जित निकालेको थियो । जितका नायक माहरेजले आफ्नो लागि आज विशेष दिन साबित भएको उल्लेख गरे । ‘अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुग्दा एकदम खुसी छु,’महारेजले भने,‘ किनकी यहाँसम्म आइपुग्नु नै मेरो लागि विशेष हो ।’

‘यो गोल मेरा देशका जनता र मेरो परिवारप्रति समर्पित गर्न चाहान्छु । यहाँसम्म आइपुग्नुमा उनीहरूकै साथ छ । यो गोल पनि मेरो देशलाई खुसी पार्ने अवसर थियो । पक्कै पनि त्यो अवसर सदुपयोग गर्दै उपाधि जित्नेछौँ ।’ यता, आठौँ पटक अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुग्ने अवसरबाट वञ्चित भएपछि नाइजेरियाका प्रशिक्षक गेर्नोट रोहरले अल्जेरिया जितको लायक भएको बताए ।

‘राम्रो टिमसँग उत्कृष्ट प्रतिस्पर्धा गरेको उनीहरूलाई बधाई दिन चाहान्छु,’प्रशिक्षक रोहरले भने, ‘उनीहरूले अन्तिम समयसम्म खेल लगेर आफ्नो बनाए । त्यसैले उनीहरू जितका हकदार छन् ।’ यता अल्जेरियाका भने चोटका कारण क्वार्टरफाइनलका स्टार यौसेफ अतलबिना मैदान उत्रेको थियो भने नाइजेरियाले पुरानै टोलीलाई निरन्तरता दिएको थियो । उक्त खेलमा नाइजेरियाको तुलनामा अल्जेरियाले कयौँ समर्थकको साथ पाएको थियो ।

यता, लिभरपुलका स्टार मानेको सेनेगलले पनि आइतबार ट्युनिसियामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको फाइनलमा स्थान बनाउन सफल भयो । कयारोमा भएको सेमिफाइनलमा खेलको निर्धारित समयमा दुवैतर्पmबाट गोल हुन सकेन । तर, त्यसपछि लिएको अतिरिक्त समयमा सेनेगलले गोल ग¥यो । सेनेगलले प्रहार गरेको फ्रिकक बललाई ट्युनिसियाका गोलकिपर मौज हासेनले पन्च गर्ने क्रममा आफ्नो सहकर्मी डेलान ब्रोनको हेडमा लागेर आत्मघाती गोल बन्न पुगेको थियो ।

त्यससँगै सेनेगलले आत्मघाती गोलबाट अतिरिक्त समयको ११औं मिनेटमा अग्रता लियो । यद्यपि, त्यसपछि ट्युनिसियाले गोल फर्काउने अवसरबाट नजिक पुगेर पनि चुक्यो । सेनेगलका इद्रिसा युइयेले पेनाल्टी क्षेत्रमा ह्यान्ड भएको भन्दै इजिप्टियन रेफ्रिले सुरुआतमा ट्युनिसियालाई पेनाल्टी दिए पनि पछि भारको सहायताबाट आफ्नै निर्णय उल्टाए ।

त्यससँगै खेलमा फर्किन ट्युनिसियाको लक्ष्य पूरा हुन सकेन । त्यसअघि निर्धारित समयमा पनि दुवै टोलीले एक पटक पेनाल्टी अवसर गुमाएका थिए । ट्युनिसियाका फेरजानी सासी र सेनेगलका हेनरी साइभेतले पेनाल्टी अवसर चुकाएका हुन् ।

प्रतिक्रिया