एभरेष्ट एड द्धारा वृद्धाश्रमलाई खाद्यान वितरण

काठमाडौं विज्ञापन एजेन्सी तथा ईभेन्ट म्यानेजमेन्ट कम्पनी एभरेष्ट एड एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालि विभिन्न कार्यक्रम गरी तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवकै अवसर पारेर एभरेष्ट एडले मातातीर्थमा अवस्थित मातातिर्थ वृद्धाश्रम समितिलाई खाद्यान तथा अत्यावश्यकीय सामाग्री वितरण गरेको छ ।

वृद्धाश्रमलाई उपलब्ध गराइएका सामग्रीहरूमा चामल ३०० किलो, दाल ३० किलो, आलु ५० किलो, चिनी ५० किलो, तेल १० लिटर, नुन ५ किलो, मसला ५ किलो, खसी र कुखुराको मासु, लुगाधुने साबुन, नुहाउने साबुन, हातधुने साबुन, सर्फ, हार्पिक, फिने, ट्रवाईलेट ब्रस र कुर्सीहरू रहेका छन । सो वृद्धाश्रममा २४ वृद्ध आमाहरु र ५ जना सहयोगीहरु बस्ने गर्दछन ।

प्रतिक्रिया