बर्दियाकोे बांसगढीमा वाणिज्य बैंकको शाखा

काठमाडौं । बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा ५ मा राष्ट्रिय वाणिज्य बैकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय उद्घाटनको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

यो शाखा सँगै बैंकको शाखा कार्यालयको संख्या २ सय २१ पुगेको छ । बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया