टिकटक भिडियो बनाउदा ज्यान गयो

एजेन्सी, नयाँदिल्ली । टिकटक भिडियो भाइरल बनाउने लहड चलिरहेका बेला भारतको हैदराबादमा एक अनौठो र दुखद् घटना भएको छ । हैदराबादको मडचल जिल्लास्थित बिहीबार साँझ दुलापाल्ली लेकमा टिकटक भिडियो खिच्दैगर्दा २४ वर्षीय युवाको तलाउमा खसेर ज्यान गएको छ ।

नरसिम्ह नाम गरेका युवाले टिकटक भिडियोका लागि पोज दिँदै गर्दा तलाउमा खसेर मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । यस क्रममा उनी आफ्ना केही साथीहरुसँगै थिए ।

अनलाईन न्युज ‘द न्युज मिनेट’ले प्रहरीलाई उधृत गर्दै त्यहाँ उनीहरु भिडियो पोज दिँदै नाच्दै गर्दा तलाउमा खसेको जनाएको छ । तलाउमा खसेपछि नरसिम्हले पौडी खेल्न नजानेपछि बचाउको लागि हात फैलाउँदै गरेको तर उद्दार हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया