काठमाडौं । लुम्बिनी विकास बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौ डिल्लिबजारमा अवस्थित केन्द्रिय कार्यालयको हातामा रक्तदान कार्यक्रम तथा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा ६७ जना रक्तदाताहरुले आफ्नो अमूल्य रक्तदान गरि कार्यक्रममा सहभागिता जनाए । साथै यस अवसरमा पोखरा महानगरपालिका वडा नं २८ आर्दश चोक स्थित अपाङ्ग मैत्री समाज कास्कीलाई २५ थान सेतो छडी समेत वितरण गरिएको छ ।
बैंकले देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले २०७५ चैत्र मसान्त सम्ममा २४ अरब ३५ करोड निक्षेप, २२ अरब ३६ करोड कर्जा एवम् ५३ करोड ९७ लाख बोनस तथा कर अघिको नाफा आर्जन गरेको छ ।
प्रतिक्रिया