नेकपामा को कताः कसको योग्यता कति ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । नौ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीलाई महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेलको साथ छ । अर्का अध्यक्ष प्रचण्डसँग नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको साथ छ । झलनाथ खनाल र वामदेव गौतम माधव नेपाल र प्रचण्डसँग समदूरीमा छन् । पछिल्ला बैठकहरूमा माधव नेपाल र प्रचण्ड नजिकिएको देखिन्छ ।

स्थायी समिति ४५ सदस्यीयमा प्रचण्ड निकट १३, ओली र नेपाल निकट १२–१२ जना छन् । प्रचण्ड निकट उपगुटमध्ये नारायणकाजी श्रेष्ठ निकट २८, बादल निकट ४ नेता छन् । केन्द्रीय कमिटी ४४१ सदस्यीय बनाइए पनि १५ महिना बित्दा अहिलेसम्म एउटै बैठक नबसेकाले सदस्यको पक्षधरता त्यति खुलेको छैन । अहिलेसम्मको आँकलनमा प्रचण्डसँग १३९, ओलीसँग ११० र नेपालसँग ९२, थापासँग ४४, नारायणकाजीसँग १६ र वामदेवसँग १३ सदस्य छन् । पूर्वएमाले भित्रका २१ केन्द्रीय सदस्य भने ओली र नेपालमध्ये कुनै पनि समूहमा खुलेका छैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुर क्याम्पसबाट प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छिन् । उपराष्ट्रपति नन्दबहादुर पुनले आइएसम्मको अध्ययन गरेका छन् । सभामुख कृष्णबहादुर महराले आइएस्सी–बिएड र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आइकमसम्मको अध्ययन गरेका छन् । उपसभामुख शिवमाया तुम्वाहाम्फेले पिएचडी गरेकी छिन् । एसएलसी मात्र उत्तीर्ण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयलगायतका विभिन्न विश्वविद्यालयले पिएचडीकै मानार्थ उपाधि दिएका छन्

त्रिपक्षीय सन्तुलनमा जो एक्लिन्छ, त्यो कमजोर हुने स्थिति देखिन्छ । केन्द्रीय कमिटीमा उल्लेख्य संख्या सहित तेस्रो पोजिसनमा रहेका माधवकुमार नेपाल ओलीतिर मिल्दा ४४१ सदस्यीय केन्द्रीय कमिटीमा २०२ जना केन्द्रीय सदस्य हुनेछन् । कतै नखुलेका पूर्वएमालेका २१ जना नेता पनि ओली–नेपाल मिलेको खण्डमा त्यहीं सामूहिक लागेमा केन्द्रीय कमिटीमा बहुमत पुग्नेछ । प्रचण्ड–नेपाल मिलेको स्थितिमा २३१ केन्द्रीय सदस्य पुग्नेछन् । प्रचण्ड–नेपाल समीकरण हुँदा थापा र नारायणकाजी श्रेष्ठसमेत जोडिने हो भने करिब तीन सयको संख्या पुग्नेछ । राष्ट्रियसभामा तत्कालीन एमाले २७ र तत्कालीन माओवादी १५ जना छन् ।

राष्ट्रपति–उपराष्ट्रपति, प्रधानमन्त्री–मन्त्री र विपक्षी नेताहरूको योग्यताः

राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुर क्याम्पसबाट प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छिन् । उपराष्ट्रपति नन्दबहादुर पुनले आइएसम्मको अध्ययन गरेका छन् । सभामुख कृष्णबहादुर महराले आइएस्सी–बिएड र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आइकमसम्मको अध्ययन गरेका छन् । उपसभामुख शिवमाया तुम्वाहाम्फेले पिएचडी गरेकी छिन् । एसएलसीमात्र उत्तीर्ण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयलगायतका विभिन्न विश्वविद्यालयले पिएचडीकै मानार्थ उपाधि दिएका छन् । अर्थमन्त्री युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले पिएचडीसम्मको अध्ययन सकेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिएड, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विज्ञानमा स्नातकोत्तर र कानुनमा स्नातक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले स्नातकोत्तर, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले क्रिस्चियन डिग्री कलेज लखनउबाट बिएस्सी र लर्डबुद्ध कलेज भारतबाट स्नातकोत्तर, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले स्नातकोत्तर गरेका छन् ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, गृहमन्त्री रामबहादुुर थापाले बाली विज्ञानमा स्नातक, यातायातमन्त्री रघुवीर महासेठले सिभिल इन्जिनियरिङमा स्नातक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, खानेपानीमन्त्री विना मगर, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले स्नातक गरेका छन् । प्रमाणपत्र तह मात्र अध्ययन गर्नेमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, संस्कृति–पर्यटन राज्यमन्त्री धनबहादुर बूढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कृषिमन्त्री चक्रपाणी खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन् । क्याबिनेटमा अहिले एक मन्त्री भने रिक्त छ ।

नेकपा स्थायी समितिमै झन्डै २० प्रतिशत एसएलसीवाला मात्रै छन् । पार्टीका दुवै अध्यक्षहरूमा ओली माध्यमिक तह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्नातक गरेका छन् भने प्रवक्ता नारायणकाजी श्रेष्ठ स्नातकोत्तर, वामदेव गौतम र विष्णुप्रसाद पौडेल एसएलसी, वरिष्ठ नेता माधवकुमार र झलनाथ खनाल स्नातक, ईश्वर पोखरेल र रामबहादुर थापा स्नातक गरेका छन् । स्थायी समितिमा रहेका ३६ नेतामध्ये ५ जनाले एसएलसी, २ जनाले प्रवीणता प्रमाणपत्र तह, १८ जनाले स्नातक, ८ जनाले स्नातकोत्तर, २ जनाले पीएचडी र एकजनाले संस्कृतमा प्रथमासम्मको अध्ययन गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा अधिकांश केन्द्रीय नेताले स्नातकोत्तर अध्ययन सिध्याएका छन् । कांग्रेसमा पिएचडी गर्नेहरूमा रामशरण महत, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, नारायण खड्का, चन्द्र भण्डारी छन् । शशांक कोइराला, शेखर कोइराला डाक्टर हुन् । सभापति देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्काले स्नातकोत्तर गरेका छन् ।

नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु, महेश आचार्य, नरहरि आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावद, मनमोहन भट्टराई, चित्रलेखा यादव, महालक्ष्मी उपाध्याय, विश्वप्रकाश शर्माले एमए गरेका छन् । समाजवादी पार्टीका बाबुराम भट्टराईले पिएचडी, माओवादीका मोहन वैद्य किरणले स्नातकोत्तर, मधेसी दल राजपाका महन्थ ठाकुरले स्नातक, विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले स्नातकोत्तर, राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने विद्रोही नेकपाका नेत्रविक्रम चन्दले कानुनमा स्नातक गरेका छन् ।

प्रतिक्रिया