वल्र्डलिंकको एक्सिलेन्स प्रतियोगिता

काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर वल्र्डलिंक कम्युनिकेसनले मार्केटिङ एक्सिलेन्स प्रतियोगिता सम्पन्न गरेको छ । कम्पनीले युवा विद्यार्थी माझ रहेको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने प्रमुख लक्ष्यका साथ मार्केटिङ एक्सिलेन्स प्रतियोगिता अयोजना गरेको हो । प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले सहभागीता जनाएका थिए ।

सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङ लगायत विविध क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्घि गर्नको लागि मार्गदर्शकको भूमिका निर्वाह कम्पनीले गरेको थियो । यति मात्र नभई विद्यार्थीहरुले विभिन्न विषय र क्षेत्रका विज्ञहरुबाट प्रतियोगिताका प्रत्येक शिर्षकमा सल्लाह र सुझाव हासिल गरेका थिए । साथै प्रत्येक टीमलाई प्रतियोगिता अवधि भर गाइड गर्नको लागि गाइड निर्देशकको पनि प्रबन्ध मिलाइएको थियो ।

प्रतियोगितामा समावेश कार्यप्रति पूर्ण समर्पित भई कडा परिश्रमको साथ उत्कृष्ट रणनीतिहरु प्रस्तुत गरेबापत एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको हो । कलेजले प्रथम पुरस्कार स्वरुप २ लाख ५० हजार नगद प्राप्त गरेको छ । त्यस्तैगरी, जेनिथ इन्टरनेशनल कलेज र नेपाल कर्मश क्याम्पसले क्रमसः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए । उनीहरुले नगद १ लाख र ७५ हजारको पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिताको सम्मानित एवम् निष्पक्ष निर्णायक मण्डलको भूमिकामा दिलिप अग्रवाल, बिन्दु नाथ लोहनी र प्रदीपराज पाण्डेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया