काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युटबीच सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट प्रदान गरिने छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरे । बैंकले हाल मुलुकभर २८५ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया