काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन । कम्पनी संचालक समितिको १४९औं बैठकले संचालक समितिको अध्यक्षमा केडियालाई चयन गरेको हो । केडिया यस अघि पनि अध्यक्ष रहेका थिए ।
असार १३ गते सम्पन्न कम्पनीको १७औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा रतनलाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि निर्बिरोध चयन गरेको छ ।
प्रतिक्रिया