पिन्चेस आर्टकोर दरबारमार्गमा

काठमाडौं । उपत्यकाकै प्रसिद्ध विभिन्नकस्टुमाइज्डउत्पादनहरु बनाउने पिन्चेस् आर्टकोरले दरबारमार्गको टाइमस् स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट संचालनमा ल्याएको छ । पिन्चेस् आर्टकोरले ग्राहकहरुलाई विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, किरिङ ,कोस्टर, ब्राइड रोब, मग, टम्बलर, मोबाइल कभर, मोबाइल ग्रीप, नोटबुक, स्यास्, क्याउन नेम स्ट्यान्ड, बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतका इच्छा अनुसारको आर्ट गरेर कस्टुमाइज्ड उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

पिन्चेस् आर्टकोर प्रालिको फाउण्डर तथा सीईओ श्रेय जोशीले दरबारमार्गमा नयाँ आउटलेट खोल्न पाउँदा अत्यन्तै खुसी लागेको बताईन । साँथै, उनले छिट्टै देशभरका मुख्य शहरहरुमा आउटलेटहरु विस्तार गर्ने योजना रहेको बताईन ।  पिन्चेस् आर्टकोरले सन् २०१८, फेब्रअरी १ तारिकबाट बत्तिसपुतलिमा आउटलेट खोलेर ग्राहकहरुलाई सेवा पु¥याउदै आइरहेको छ ।

त्यसभन्दा पहिला यस आर्टकोरको संचालक श्रेय जोशी फ्रिल्यान्स आर्टिस्ट थिइन् र अर्डर अनुसार वाल आर्ट र ह्यान्ड पेन्टेड टिसट बनाउन गरेकी थिइन् । पिन्चेस् आर्टकोर युवामाझ नवीनतम डिजाइन र पर्सनलाइज्ड टचका लागि प्रसिद्ध छ । ग्राहकहरुले आफ्नो प्रियजनको नाम लेखेर, फोटो राखेर वा अन्य कुनै तस्वीरहरु उच्च गुणस्तरीय कुसनको कभरमा भित्र आरामदायी सिरानी राखेर आफ्नै घरमा अर्डर गर्न सक्छन् ।

प्रतिक्रिया