विज्ञानको विकासले क्रमशः फड्को मार्दै जाँदा विकासको अग्रगति सँग–सँगै विश्वले नयाँ–नयाँ यन्त्र र उपकरणहरू देख्न थाल्यो । त्यस्ता यन्त्रहरूमध्ये एउटा आश्चर्यजनक यन्त्र वायुयान थियो । वायुयानको प्रारम्भ भएपछि नै विश्वमा हवाई यातायातको विकास हुन थालेको हो । वायुयानले गर्ने उडानसेवालाई वायुसेवा भनियो ।
विकासका क्रममा वायुसेवाले आफ्नो महत्वपूर्ण यान्त्रिक क्षमतालाई बढाउँदै लगेको छ र परिष्कृत एवं परिमार्जित गराउँदै अहिले वायुसेवा उच्चस्तरमा पुगिसकेको छ । अत्याधुनिक प्रविधिहरू यस क्षेत्रमा अझै भित्रिइरहेका छन् । पर्यटन व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको वायुसेवाले विश्वलाई नै एउटा सानो गाउँमा परिणत गराउन अहं भूमिका खेलेको छ । यसैले गर्दा विश्वमा हवाई यात्रुहरूको संख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष ८ सय ५० लाखभन्दा बढी व्यक्तिहरूले आन्तरिक हवाईयात्रा गरिरहेका छन् ।
सरकारले ३९ वटा मुलुकसँग द्विपक्षीय हवाई–सम्झौता गरिसकेको छ र त्यसबाट करिब ११ लाख हवाई–सिट नेपाललाई उपलब्ध हुन्छ । तर, ती सिटहरू नेपालले प्रयोग गर्न सकेको छैन । नेपालको पर्यटन–विकासका लागि यो असक्षमता अत्यन्त महँगो हुन पुगेको छ
वायुसेवाले विश्वलाई साँघुरो पार्दै लगेको छ । वायुसेवाकै कारणले पर्यटन लगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । वायुसेवाकै कारणले चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरू दोब्बरकै संख्यामा वृद्धि गरिसकेका छन् । विश्व–पर्यटनबजारको आम्दानीमा वृद्धि भई आठ सय अर्ब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कुल आम्दानीको एक प्रतिशत मात्र पाउन सकेता पनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्ये वृद्धि भएको छ ।
चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । नेपालले पनि वायुसेवाबाट आय–आर्जन गर्ने त गरिरहेको छ, तर कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावको कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकहरूको संख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त संख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखापरेको छ । अहिले न्यूनतम डलर मात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।
सन् १९९० को दशकदेखि हवाईयात्रुहरूको संख्या विश्वमा नै बढिरहेको छ । हवाईयात्रुहरूको संख्या बढेपछि सडकयात्रुहरूको संख्याचाहिँ घटिरहेको छ । सडकयात्राले भन्दा हवाईयात्राले पर्यटकलाई बढी सुविधा दिएको कारणले यस्तो भएको हुन सक्छ । हवाईयात्राको प्रतशित लगातार बढिरहेझैँ सडकयात्राको प्रतिशतचाहिँ लगातार घटिरहेछ । हवाईयातायाताका क्षेत्रमा यो शुभ संकेत हो । युरोपबाहेक अरू सबै क्षेत्रको पर्यटक–परिवहनमा हवाईयातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ ।
विश्वभरका कूल १.५ अरब पर्यटकहरूले हवाईयातायातमार्फत आप्ः्नो यात्रा तय गर्ने गरेका छन् । उता एसिया र प्रशान्तक्षेत्रका हवाईसेवाहरूले आफ्नाे परिवहन क्षमता झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ७५ प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८० प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ ।
विश्वको हवाईयातायातको विकासको क्रमसँगसँगै हवाईयात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा वायुसेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकोले लागत कम गर्न ध्यान जान थाल्नु स्वाभाविक पनि हो ।
यस क्षेत्रमा ठूला–ठूला एयरक्राफ्टजस्ता सुपर जम्बो र एयरबसहरू उत्रिन थालेका छन् । अब बढ्दो परिवहन धान्न विमानस्थलहरूको आफ्नो धारक क्षमतालाई पनि अझै वृद्धि गर्नुपर्ने भएको छ । यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ र पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरी समेत पर्ने भएको छ ।
इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टहरूले प्रविधियुक्त हुनु पनि जरुरी छ । औजार–व्यवस्थापन त्यसै अनुसार नियोजित हुनुपर्ने अर्को आवश्यकता हो । वैकल्पिक वा इच्छाधीन सेवाहरूको पर्याप्तताले गर्दा सोहीअनुरूप यात्रुहरूले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका पनि साँच्चै महत्वपूर्ण हुने कुरा स्पष्टै छ ।
परिस्थिति यसरी अघि बढ्दै गइरहेको भए तापनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा वायुसेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्तै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा–अपरेटरहरूले एकाकार र गठबन्धतर्फ ध्यान नपु¥याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् । युक्तिस¨त र रामो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरूले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझाबहरू सम्बन्धित सरकारहरूलाई दिन थालिएको पनि छ ।
नेपालको परिप्रेक्ष्यमा राष्ट्रको एक मात्र सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगम (तत्कालिन शाही नेपाल वायुसेवा निगम) ले धेरै उतारचढावहरू बेहोरिसकेको छ, तैपनि यसले अहिलेसम्म आप्ः्नो अस्तित्वलाई कायम राख्न सफल रहेको छ । निगमको हाल अन्तर्राष्ट्रिय बजार हिस्सा ४० प्रतिशत रहेको भए तापनि यो दिनदिनै घट्तै जाने क्रममा रहेको छ ।
आन्तरिक सेवातर्र्फ भने यसको बजार सेयर घट्दै जानुमा नेपालमा अन्तर्राष्ट्रिय हवाईकम्पनीहरूको बढ्दो आगमन नै हो । तुलनात्मक रूपले पर्यटकहरूको आगमन पनि खासै बढ्न सकेको छैन । सरकारले ३९ वटा मुलुकहरूसँग द्विपक्षीय हवाई–सम्झौता गरिसकेको छ र त्यसबाट करिब ११ लाख हवाई–सिट नेपाललाई उपलब्ध हुन्छ । तर ती सिटहरू नेपालले प्रयोग गर्न सकेको छैन । नेपालको पर्यटन–विकासका लागि यो असक्षमता अत्यन्त महँगो हुन पुगेको छ ।
निजी हवाई–कम्पनीहरूसँग नेपाल वायुसेवा निगमको समन्वय, सरकारी स्वामित्वका संस्थानहरूको निजीकरण र विदेशी कम्पनीहरूसँग निगमको सम्बन्ध आदिका विषयमा उड्डयनसम्बन्धी सरकारी नीतिको अस्पष्टता र नीतिगत असन्तुलनले गर्दा पनि निगमको प्रगति हुन नसकेको भनाइ पनि सुनिँदैछ । वायुसेवामा एकाधिकारको जमाना हराउँदै गएको र साझेदार वायुसेवातर्फ ध्यान जान थालेको परिप्रेक्ष्यमा यी कुरालाई समायोजन गराउँदै ठूला परिवहनहरूसँगको गठबन्धनमा निगमले विशेष विचार पु¥याउनु वाञ्छनीय देखिन थालेको छ ।
निगमको पुनःसंरचना गरी नागरिक उड्डयननीतिलाई परिमार्जनसमेत गरेर त्यसैअनुरूप निगमको सञ्चालन हुने हो भने प्रतिस्पर्धात्मक विश्वबजारमा निगम पनि अरूभन्दा कम हुँदैन र नेपालको पर्यटन–प्रवद्र्धनमा यसले अझ महत्वपूर्ण भूमिका पूरा गर्न सक्छ ।
प्रतिक्रिया