काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस मनाएको छ । वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा सञ्ंचालन गरेको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता रहेको बैंकले जनाएको छ । कोटेश्वर—कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमुलक रूखहरू रोप्ने कार्यक्रम सञ्चालन गरिएकोमा बैंकको सहयोगमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५ सय मि.सम्ममा १ सय वटा कल्की फूलका बिरुवाहरू रोपिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्की फूलकोबिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाए । बैंकका करिव १०० जनाकर्मचारीहरूको अग्रसरतामा उक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रतिक्रिया