माछापुच्छ्रे बैंकद्धारा विद्यालयलाई पंखा बितरण

काठमाडौं । माछापुच्छ्रे बैंकले खण्ड माध्यमिक विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा ६ मा रहेको विद्यालयलाई सहगोग गरेको हो । तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्याथीहरुको कम उपस्थिती देखिएकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्धेश्यले बैंकले उक्त पंखाहरु प्रदान गरेको गरिएको बैंकले जनाएको छ ।

बैंकको मोरङ्ग जिल्ला विराटचोकस्थित शाखा कार्यालय प्रमुख रमेश अधिकारीले उक्त श्री खण्ड माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद आचार्यलाई उक्त १० थान सिलिङ्ग पङ्खाहरु हस्तान्तरण गरेका । बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका बिभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवि प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।

देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तिय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ । बैंकले सातै प्रदेशमा १ सय १५ वटा शाखाहरु र १ सय १२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय २७ स्थानवाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया