सिद्धार्थ बैंक र अप्लाइड फूड कलेजबीच सम्झौता

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले स्वदेशमा नै उच्चशिक्षा हासिल गरी उद्यमी बन्न चाहने, न्युन आर्थिक अवस्था भएका, सीमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘सिद्घार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५’ अनुसार सो कर्जा अफर ल्याएको हो ।

उक्त कर्जाको कार्यान्वयनको लागि सिद्घार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजि कलेज बिच बैंकिङ सम्झौता भएको छ । यस सम्झौता अनुसार काठमाडौं स्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरि टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडि हुन आउने व्याज दरमा शैक्षिक कर्जा प्रवाह गरिनेछ । उक्त व्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५ प्रतिशत सहुलियत प्रदान गरिनेछ । बैंकले उच्चशिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंक लिमिटेडको सम्पुर्ण शाखाहरु मार्फत उपलव्ध गराउने जनाएको हो ।

प्रतिक्रिया