काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले धनगढीको सिपी हस्पिटल प्रालिसँग ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरूले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १० प्रतिशत छुट पाउनेछन् ।
साझेदारी अनुसार एभरेस्ट बैंकका ग्राहकहरूले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १०५ छुट पाउनेछन् । एभरेस्ट बैंकको ग्राहक संख्या १० लाख भन्दा बढी रहेको र ९४ वटा शाखाहरू, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया