सनराइज बैंकले थप्यो २ शाखा

काठमाडौं । सनराइज बैंकले सोलुखुम्बु स्थित किन्जामा १०८ औँ र रामेछाप स्थित शिवालयमा १०९औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा लिकुपिके नगरपालिकाका मेयर डम्बरबहादुर बस्नेतले किन्जा शाखाको उद्घाटन गरे ।

साथै, गोकुलगंगा गाउँपालिकाको मेयर खड्कबहादुर सुनुवारले शिवालय शाखाको असार ९ गते उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या १०९ वटा पुगेको जनाइएको छ ।

प्रतिक्रिया