काठमाडौं । कोपिला उप्रेती र निता शाहको जोडि छैटौँ राष्ट्रिय बिच भलिबल प्रतियोगिता महिलातर्फ उपाधि नजिक पुगेका छन् । आईतबार भएको सेमिफाइनल खेलमा पुलिसका कोपिला र निताको जोडीले आर्मीका मनिसा खाँड र पुष्पाको जोडीलाई २१–११ र २१–८ को सोझो सेटमा हराए ।
दोश्रो सेमिफाइनल खेल भने पुलिसका मनिषा चौधरी र पुष्पा चौधरीको जोडी र एपीएफका बिनिता बुढाथोकी र नेबिका चौधरीबीच १–१ सेट भएपछि लाई प्रोटेस्टका कारण स्थगित भएको छ । क्वाटर फाइनलमा मनिसा र पुष्पाले एपीएफकी शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–१३ र २१–१२ तथा बिनिता र नेबिकाको जोडीले प्रदेश ५ का भावना डाँगी र शर्मिला नेपालीको जोडीलाई २१–१४ र २१–६ को सोझो सेटमा हराएर सेमिफाइनल प्रवेश गरेका थिए ।
प्रतिक्रिया