वर्षाका कारण सडक अवरुद्ध, सवारीसाधन रोकिए

भरतपुर । बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो ।

बिहान साढे ८ बजेदेखि सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । सो खोलामा अहिले पक्की पुल निर्माण भइरहेको छ ।

बाढीले पुल निर्माणमा प्रयोग गरिएका तीनवटा जेनेरेटरसमेत पुरेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनले बताए ।

प्रतिक्रिया