लुम्बिनी विकास बैंक र सम्साराबीच सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक र सम्सारा रेमिट प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथाविदेशबाट सम्सारा रेमिट मार्फत पठाएको पैसा ग्राहकहरुले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरु बाट भुक्तानी लिन सक्ने छन् ।

साथै लुम्बिनी विकास बैंकको लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले सम्सारा रेमिट प्रालिको नेपालभरका सम्पूर्ण एजेन्सी मार्फत भुक्तनी लिन सक्नेछन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र सम्सारा रेमिट तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरे ।

प्रतिक्रिया