सिप्रदी र टाटा मोटर्सको योग कार्यक्रम

काठमाडौं । अटोमोबाइल कम्पनी टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङले अन्तर्राष्ट्रिय योग दिवस २०१९ को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको भव्य आयोजना गर्दै दिवस मनाएको छ । सिप्रदीको पहलमा आयोजित कार्यक्रमलाई सिप्रदियन सहायता संस्था र टाटा मोर्टसले संयुक्त रूपमा सहयोग प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय योग दिवस उत्सव टाटा मोर्टसको अन्तर्रा्ष्ट्रिय कार्यक्रम हो र नेपालमा देशभर यो कार्यक्रमको आयोजना सिप्रदीले गरेको हो । कार्यक्रममा टाटा मोटर्स र सिप्रदीका वरिष्ठ अधिकारीहरूसहित सिप्रदीका कर्मचारीहरू, सिप्रदीका कर्मचारीका परिवारजन, ग्राहकहरू र क्षेत्रीय अधिकारिहरूको उत्साहजनक सहभागिता थियो। आधिकारिक योग प्रशिक्षकहरूले योग सत्रको आयोजना गरेका थिए ।

यो वर्ष आयोजना गरिएको योग दिवस उत्सव सिप्रदीले आयोजना गरेको तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योग दिवसको अवसरमा कार्यक्रम बिस्तार गरेको थियो । योग सत्रको समापनपछि सहभागीहरू सरसफाई कार्यक्रममा पनि सहभागी भए। नजिकैका खोलानाला, सामुदायिक भवनहरू र विद्यालयहरूको सरसफाई टाटाका ग्राहकहरूको पहलमा गरिएको थियो ।

प्रतिक्रिया