इन्नोभेटिभलाई अन्तरस्कुल बास्केटबल उपाधि

काठमाडौं । इन्नोभेटिभ स्कुलले ओलम्पिक डेका अवसरमा ज्ञानोदय स्कुलको आयोजनामा भएको अन्तरस्कुल बास्केटबलमा अपराजित यात्रालाई कायम राख्दै बिहीबार उपाधि हात पार्न सफल भएको छ । राउन्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम गर्ने क्रममा इन्नोभेटिभले लिभरपुलमाथि २८–६ अंकको जित निकाल्दै उपाधी कब्जा गरेको हो ।

विजेता टिमका लागि दर्पणले १२ अंक जोडे । ईनोभेटिभले उपाधी ट्रफीका साथै मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । प्रतियोगिताको रनर अपका रूपमा एलए रह्यो । एलएले बिहिबार भएको प्रतियोगितामा एस स्कुलमाथि २६–८ अंकको जित निकाल्यो । प्रतियोगिताको म्यान अफ दि सिरिज एलएका लक्की महर्जन रहे । उनले अन्तिम दिन आफ्नो टोलीका लागि १२ अंक बटुले ।

अर्को खेलमा मोक्षदाले आयोजक ज्ञानोदयलाई सुदीपको ८ अंक मद्धतमा १५–१० अंकले पराजित ग¥यो । बिजयी खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया