‘लप्पन छप्पन २’ बन्ने

काठमाडौं । मुकुन्द भट्टले निर्देशनमा चलचित्र ‘लप्पन छप्पन २’ बन्ने भएको छ । दुई वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’ को दोस्रो सिक्वेलका रूपमा बुधबार राजधानीको कमलादिस्थित गणेशस्थान मन्दिरमा उक्त चलचित्रको शुभमुहूर्त गरियो ।

११ असारदेखि फ्लोरमा जाने उक्त चलचित्रको शुभमुहूर्तमा निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपविक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, छायांकार पुरुषोत्तम प्रधान लगायतको निर्माण टिम उपस्थित थिए ।

चलचित्रमा अभिनेता दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहने छ । उनीहरू कार्यव्यस्तताका कारण उपस्थित हुन् नसकेको निर्माण पक्षले जनायो । चलचित्रको नेपाल, अस्ट्रेलिया तथा युरोपका विभिन्न देशमा सुटिङ गरिँदै छ । चलचत्रिमा देवु श्रेष्ठ, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमदलगायतका कलाकारको समेत अभिनय रहनेछ ।

सुरेन्द्र पौडेलको सम्पादन रहने उक्त चलचित्र एक्सन जनरामा निर्माण हुने निर्देशक भट्टले बताए । यो चलचित्रलाई महाशिवरात्रीको छेको पारेर ९ फागुनमा देशव्यापी प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ ।

प्रतिक्रिया