प्रहरीसँगको दोहोरो भिडन्तमा विप्लवका जिल्ला इन्चार्ज मारिए

काठमाडौँ । नेत्र बिक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल आज प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका छन् ।

जिल्ला इन्चार्ज पौडेल भीडन्तमा मारिएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । उनको साथबाट २ थान कटुवा पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ को जंगलमा प्रहरी र विप्लव समूहबीच भिडन्त भएको थियो ।

दुईवटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको प्रवक्ता पोखरेलको भनाई छ । उनिहरु चार जनामध्ये पौडेल भिडन्तमा घटनास्थलमै मारिएका हुन् भनेअन्य तीन जना फरार भएका छन् ।

प्रतिक्रिया