परासीको भूमही र जिमिरेभारमा लक्ष्मी बैंकको शाखा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा क्रमशः १०७औँ र १०८औँ शाखा परासीको भूमही र जिमिरेभारमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १०८ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

प्रतिक्रिया