काठमाडौँ । लघु चलचित्र ‘माला’ को विशेष प्रदर्शन सम्पन्न भएको छ । परिवर्तनका लागि मानव समाज नेपालले निर्माण गरेको उक्त चलचित्र ‘माला’ शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो । कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले परिवर्तन आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिँदैं समाजमा हुने हरेक गतिविधिलाई सामाजिक विभेदभन्दा माथी उठेर जान आवश्यक रहेको बताए ।
डा. लम्सालले परिवर्तनका लागि मानव समाज नेपालले गरेका क्रियाकलापहरुलाई अभिभावकत्व प्रदान गर्ने र उपत्यकाभित्र लघु चलचित्र ‘माला’ प्रदर्शन गर्दा आफु कुनै पनि हालतमा साथ दिने प्रतिबद्धता व्यक्त गरे । नेपाली समाजमा यथावत छुवाछुतप्रथा, दाईजोप्रथा, बोक्सिप्रथा, छाउपडीप्रथा, बलत्कार, लागुपदार्थ सेवन आदि विषयलाई निरुत्साहित गर्ने उद्देश्यले ‘माला’ निर्माण गरेको परिकल्पनाकार प्रयास कुमारले बताए ।
शुल्क टिकटको व्यवस्थासहित प्रदशनीमा ल्यएको सो चलचित्रबाट संकलित रकमको २५ प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने परिवर्तनका लागि मानव समाज नेपाल अध्यक्ष कृष्णहरि पुडासैनिले विश्वास व्यक्त गरे । त्यस्तै, समाजका विकृति विसंगतिलाई न्युनिकरण गर्न लघु उक्त चलचित्रले सहयोग पुर्याउने पनि अध्यक्ष पुडासैनिले बताए ।
त्यस्तै, परिवर्तनका लागि मानव समाज नेपालका बारेमा स्पष्ट पार्दै देशका विभिन्न संघसंस्थासँंग सहकार्य गर्दै उपत्यका बाहिरका विभिन्न ठाँउमा प्रदर्शन गरी समाजमा विकृति विसंगतिका विरुद्ध सन्देश दिने लक्ष्य लिएको पनि सचिव ओमप्रसाद सञ्ज्यालले बताए ।
प्रतिक्रिया