काठमाडौँ । नेपाल बंगलादेश बैक लि. र सन नेपाल लाईफ इन्स्योरेन्सबीच शुक्रबार बिमा सुविधा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे ।
सम्झौता पछि बैंकका ग्राहकहरूले ९० वटै शाखाहरूबाट जीवन बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी र दावी भुक्तानी लगायत बिमा सेवा प्राप्त गर्न सक्ने छन् ।
प्रतिक्रिया