विराटनगर । प्रदेश–१ का प्रदेशप्रमुख प्राडा गोविन्द तुुम्बाहाङले, उद्योगी व्यापारीहरूले जनताप्रति उत्तरदायी भएर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।
विराट व्यापार संघको १०औँ वार्षिक साधारणसभाको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उनले यस क्षेत्रका जनताहरूलाई आवश्यक पर्ने वस्तु उत्पादन गरी हिमाल पहाड सबैतिर सहजढंगले पु¥याउनुपर्नेमा जोड दिए । उनले मुलुकको आर्थिक समृद्धको संयन्त्र भनेको व्यापार व्यवसाय भएकाले उपभोक्तालाई आवश्यक वस्तुको आयात प्रतिस्थापन गरी देशमै उत्पादन वढाउनुपर्ने आवश्यकता औँलाए ।
प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसैयतले, व्यावसायिक हकहित र लगानी सुरक्षाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेकाले लगानी बढाउन व्यवसायीलाई आग्रह गरे । उनले सरकार प्रदेशमा रहेका उद्यमी व्यापारीलाई सम्वद्र्धन प्रवद्र्धन गर्न व्यवसायीहरूले आवश्यक पर्ने सहयोगका लागि लिखित रूपमा सुझाव पेस गर्नुपर्ने बताए ।
युवा संघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेत, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले सबैको साझा संगठन रहेको संघले विराटनगरलाई स्थायी राजधानी र समृद्ध वनाउन गरेको ठूलो योगदान रहेको विचार व्यक्त गरे ।
संघका अध्यक्ष शिव प्रसाद रिजाल, टोल संगठनका अध्यक्ष राजु मास्के सम्मानित उद्यमी ताराचन्द खेतानले कर र भ्याटका कारण सीमावर्ती क्षेत्रका वजारमा सस्तो मूल्यमा सामान उपलव्ध हुनाले यस क्षेत्रका उद्यमी र व्यापारी पलायन हुने अवस्था सिर्जना भएको विचार व्यक्त गरे । सो अवसरमा प्रदेशप्रमुख प्राडा. तुम्बाहाङले उद्यमी ताराचन्द खेतानलगायत संघका पूर्वअध्यक्षलगायत सदस्यहरूलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया