कावासोतीमा महालक्ष्मी बैंकले थप्यो शाखा

काठमाडौं । महालक्ष्मी विकास बैंकले  नवलपुर जिल्लाको कावासोती नगरपालिकावडा ८ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले  उद्घाटन गरिन ।  कार्यक्रमकै क्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए ।

महालक्ष्मीविकास बैंकले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको उनले जानकारी दिए । यसका अतिरिक्त बैंकले शाखा खोलिएका क्षेत्रमा सामाजिक हितका कार्यहरु पनि निरन्तर रुपमा गर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाए । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको छ ।

प्रतिक्रिया