आइएमई लिमिटेड १९औँ वर्षमा

काठमाडौं । नेपालको पहिलो र नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमई १८औँ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि विदेश जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिंङ संजालको आवश्यकता महसुस भइरहेको अवस्थालाई ध्यानमा राखी सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट सुरु गरेको थियो ।

१९औँ वार्षिकोत्सवको अवसर पारेर पानीपोखरी स्थत आइएमईको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरियो । रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित ७० जना कर्मचारीले रक्तदान गरे । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्मपु¥याउन प्रतिबद्व कम्पनीले सेवाशुभारम्भको १९औँ वर्षसम्ममा नेपालका सहरीतथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १० हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया