ज्योति लाइफ र काठमाडौं ग्रुप अफ होटल्सबीच सम्झौता

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले काठमाडौं ग्रुप अफ होटल्स काठमाण्डौसँग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरूलाई विशेष कार्ड जारी गरिने छ । उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरूले काठमाडौं ग्रुप अफ होटल्सको सञ्जालभित्र आबद्ध भएका ७ वटा होटल तथा रिसोर्टमा उपलब्ध हुने फुड एन्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्ने छन् ।

सम्झौतापछि कम्पनीसँग आबद्ध सम्पूर्णले काठमाडौं गु्रप अफ होटल्स अन्तर्गतका काठमाडौं गेष्ट हाउस (ठमेल), मायामनोर बुटिक होटल, (हात्तिसार), पार्क भिलेज रिसोर्ट (बुढानिल्कण्ठ) वाटर फ्रन्ट रिसोर्ट (पोखरा) हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज(चितवन) गरी विभिन्न स्थानहरूमा अवस्थित सातवटा होटल तथा रिसोर्टहरूमा प्राप्त हुने सेवा सुविधाहरूबाट लाभान्वित हुने जनाइएको छ । सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशविक्रम खत्री र काठमाडौं गु्रप अफ होटल्सका प्रबन्ध निर्देशक दिवाकर राजकर्णिकरले हस्ताक्षर गरे ।

प्रतिक्रिया