काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआईसी नेपाल) र सिद्धार्थ बैंक लिमिटेड बीच बिमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैंकबीच मंंगलबार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस के तमोटले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बिमा सम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।
प्रतिक्रिया