काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको आठौँ तथा नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाबाट संस्थापक समूहबाट कुसप्रसाद मल्ली, सुरकृष्ण वैद्य र रवि कृष्ण श्रेष्ठ सञ्चालकमा चयन भएका छन ।
त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट तुलसीप्रसाद बराल, उपेन्द्रबहादुर कार्की र श्वेता कक्षपति (शाक्य) सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन । साथै निर्वाचित सञ्चालकहरू मध्येबाट कुश प्रसाद मल्लीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको छ । साधारणसभाले संस्थाको आव ०७३÷७४ को नाफाबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया